कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वका शिक्षा अभियन्ता काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षा पद्दतिको रूपान्तरण’ नारासाथ विश्वभरका शिक्षा अभियन्ता राजधानीमा भेला भएका छन् ।

शिक्षा अधिकारकर्मीको साझा सञ्जाल शिक्षाका लागि विश्व अभियानको शुक्रबार राजधानीमा सुरु हुने छैटौं विश्व सम्मेलनमा सहभागी हुन उनीहरू आएका हुन् ।


सम्मेलनमा सयभन्दा बढी मुलुकका साढे दुई सय शिक्षाकर्मी तथा नागरिक समाजका अभियन्ता सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोसोले बताइन् ।


‘प्रत्येक नागरिकले नि:शुल्क गुणस्तरीय सार्वजनिक शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारमाथि खतरा बढदै छ,’ अध्यक्ष क्रोसोले भनिन्, ‘संसारभर विद्यालय हाताबाहिर रहेका २६ करोडभन्दा बढी बालबालिकालाई विद्यालयभित्र ल्याउने, बढदो विद्यालय छाड्ने दर रोक्ने र सार्वजनिक शिक्षाको गुणस्तर उकास्नेबारे सम्बन्धित देशका सरकारको ध्यानाकर्षणपत्र सम्मेलनले पारित गर्नेछ ।’


दिगो विकास लक्ष्य ४ ले निर्दिष्ट गरेका सूचकको प्राप्तिका लागि सार्वजनिक शिक्षा पद्धतिमा रूपान्तरण अहिलेको चुनौती रहेको जनाइएको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?