कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायलका राजदूत थापा फिर्ता बोलाइए

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरेको छ । थापालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुनमा राजदूत बनाएको थियो ।

इजरायलका राजदूत थापा फिर्ता बोलाइए

मन्त्रिपरिषदको २५ कात्तिकको बैठकले थापालाई तीन साताको समय दिएर फिर्ता बोलाएको र शाक्यलाई पठाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।


त्यही दिन दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो । भारत र मलेसियाका लागि क्रमश: निलाम्बर आचार्य र उदयराज पाण्डेलाई राजदूतमा सिफारिस गर्ने निर्णय पनि भएको थियो । प्रवक्ता बाँस्कोटाले राजदूतका लागि उनीहरुको प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।


प्रकाशित : कार्तिक २९, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?