कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारालाई मदिरा मुक्त क्षेत्र घोषणा गरिँदै

राजबहादुर शाही

मुगु — जिल्लाको एकमात्र छायाँनाथ-रारा नगरपालिका शनिबारदेखि मदिरा मुक्त क्षेत्र घोषणा हुँदैछ । गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा नगरलाई मधिरामुक्त घोषणा गर्न लागिएको हो ।

रारालाई मदिरा मुक्त क्षेत्र घोषणा गरिँदै

नेपालका २ सय ७६ वटा नगरपालिकामध्ये छायाँनाथ रारा नगरपालिका पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा चिनिने भएको छ । हिंसा र विकासको बाधक मधिरा शनिबारदेखि नगरबाट निषेधित हुने नगर प्रमुख हरिजंग शाहीले बताए । नेपाल सरकारको नीतिलाई टेकेर नगरलाई मदिरामुक्त घोषणा गर्न लागिएको उनले जानकारी दिए ।


शनिबार आयोजना हुने मधिरा मुक्त घोषणा कार्यक्रमको निम्तिनगरले भव्य तयारी गरेको छ । नगरका १ देखि १४ वटै वडा तहबाट बाजागाजा र विभिन्न नारासहित आएको र्‍याली गमगढी बजार आएर महाकालीमाविको चौरमा घोषणा सभा गरिने भएको छ । मधिरा मुक्त अभियानमा सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि, दल, नागरिक समाज, महिला, युवा, होटल व्यवसायी, ब्यापारीहरुको सहयोग रहेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा सिलबन्दी मदिरा बिक्रीको लागि लाइसेन्स लिएका २६ जना ब्यापारी वर्गले लाइन्सेन्स नगरमा बुझाएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?