कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँदिल्लीमा नेपालीको हत्या

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा बुधबार राति एक नेपालीको हत्या भएको छ । ४० वर्षदेखि घरेलु कामदारका रूपमा काम गर्दै आएका किसनबहादुरको दिल्लीको वसन्तकुन्ज इन्क्लेभको ए ब्लकस्थित घरमा हत्या भएको हो ।

घटनामा किसनकी घरमालिक माला लखानीको पनि हत्या भएको छ । प्रहरीले दुवैजनाको हत्या मालाकै घरमा रहेको कारखानामा सिलाइको काम गर्दै आएका राहुल अन्वरले गरेको जनाएको छ ।


अन्वरलाई उनका साथीहरू रेहमत र वसिमले साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरिसकेको छ ।


आरोपितहरूले बयानमा मालासँग ज्यालामा विवाद भएपछि १५ दिनदेखि नै हत्याको योजना बनाएको बताएका छन् । प्रहरीले घटनाको प्रकृति हेर्दा ज्यालाविवादभन्दा पनि विशुद्ध लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको आशंका गरेको छ । किसन ३० वर्षदेखि मालाको घरमा बस्दै आएका थिए ।


पुरै घरको हेरचाह उनको जिम्मामा थियो । स्थानीय प्रहरीले किसनको पुख्र्यौली घर नेपाल भनिए पनि थर, ठेगाना र परिवारका बारेमा भने कुनै जानकारी नभएको जनाएको छ । किसनको नेपालको ठेगानाबारे मालाका आफन्तलाई समेत पत्तो छैन ।

प्रकाशित : मंसिर १, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?