कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोल्दाबोल्दै भक्कानिए दाहाल

दोलखा — चरिकोटमा प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रियस्तरको फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ । प्रतियोगिता नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

बोल्दाबोल्दै भक्कानिए दाहाल

प्रकाश दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता उद्घाटन गर्दै सम्बोधन गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल भक्कानिए । उनका छोरा स्व. दाहालको असमायिक निधन भएको सम्झना गर्दा उनी केहीबेर रोकिए । ‘मेरो छोराभन्दा पनि एकजना उदीयमान नेता प्रकाश,’ यति भन्नासाथ उनी अडिए । भावविह्वल हुँदै मन्तव्य पनि टुंग्याए ।


विजेताका लागि ३ लाख रुपैयाँ नगद पुरस्कार राखिएको फुटबल प्रतियोगितामा देशभरका १२ वटा चर्चित टिम र खेलाडी सहभागी छन् ।


मन्त्रीमण्डल हेरफेर हुने सक्ने संकेत

दोलखाको चरिकोटमा फुटबल प्रतियोगिता उद्घाटन गर्नुअघि पार्टी कार्यकर्ताहरूमाझ सम्बोधन गर्दै

दाहालले मन्त्रीमण्डल हेरफेर हुने सक्ने संकेत गरेका छन् । उनले सरकारको गति बढाउन त्यस्तो कदम चाल्ने बताए । ‘मेरो भाषामा भन्दा सरकारको गियर बदलेर भए पनि अघि बढौं भनेको छु,’ हेरफेरबारे संकेत गर्दै उनले भने ।

सरकारले केही सकारात्मक आधारहरू बनाउँदै गएको भए पनि विकासले गति लिन नसकेपछि निराशा पैदा भएको उनको स्वीकारोक्ति थियो । स्थानीय तहको कर वृद्धिका विषय, जिल्लाजिल्लाबाट कार्यालयहरू विस्थापन भएका विषय केन्द्रमा समीक्षा भइरहेको जानकारी उनले दिए । ‘हतरपतरमा काम गर्दा केही उल्टा काम भएका छन्,’ दाहालले भने, ‘तीन जिल्लाका लागि एउटा कार्यालय राखिएको कुराले कसरी जनताको घरदैलोमा सरकार छ भन्ने ।’


प्रकाशित : मंसिर १, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?