१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

इतिहासकार कमलप्रकाश मल्लकाे निधन

काठमाडौँ — भाषा विज्ञान, नेपाल भाषा र संस्कृतिको गहन अध्ययन गरेका कमलप्रकाश मल्लको शनिबार राति निधन भएको छ ।

इतिहासकार कमलप्रकाश मल्लकाे निधन

उनका भाइ कृष्णसुन्दर मल्लका अनुशार अमेरिकाको एटलान्टामा राति ११:४५ मा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । उनलाई पार्किन्सन भएको थियो ।


त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्रध्यापक मल्ल ८३ वर्षका थिए । उनका श्रीमती र छोराछोरी छन् । उनको अमेरिकामै अन्त्यष्टि गरिनेछ । उनले नेपाली इतिहासलाई वैकल्पिक दृष्टिकोणबाट ब्याख्या गर्दै केही चर्चित पुस्तक पनि लेखेका छन् । ‘द रोड टु नो ह्वेर’ उनको सबैभन्दा चर्चित पुस्तक हो ।


प्रकाशित : मंसिर २, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?