कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चिकित्सा शिक्षा विधेयक माथिको छलफल फेरि सर्‍यो

सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा विधेयक माथिको छलफल फेरि पनि पछि धकेलिएको छ । कांग्रेस सांसदहरुको कार्यव्यस्तताका कारण विधेयक माथि मंसिर ९ गतेबाट मात्रै छलफल हुने भएको छ ।

चिकित्सा शिक्षा विधेयक माथिको छलफल फेरि सर्‍यो

यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमितिले आइतबारबाट संशोधनकर्ता र सरोकारवालाहरु सँग छलफल गर्ने जनाएको थियो । कांग्रेस सांसदहरु पार्टीको काममा जिल्ला/जिल्ला जानुपर्ने भएका कारण केहि दिनका लागि छलफल पर सारिएको सांसद योगेश भट्टराईले जानकारी दिए ।


कात्तिक १५ गते तोकिएको उपसमितिको बैठकमा गणपुरक संख्या नपुगेपछि मंसिर २ गतेसम्मका लागि स्थगित गरिएको थियो । आईतबार बसेको बैठकले मंसिर ९ गतेबाट छलफल थालेर विधेयक संसदमा पठाउने निर्णय गरेको हो । ‘हिउँदे सत्रको संसदको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक टेबल गराउने गरि प्रतिवेदन तयार पार्ने निर्णय भएको छ,’ भट्टराईले भने ।


उपसमितिको बैठकले संयोजक समेत चयन गरेको छ । सांसद भैरवबहादुर सिंहलाई संयोजक चयन गरिएको हो । यसअघि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको थियो । चिकित्सा शिक्षक विधेयक माथि संशोधनकर्ता र सरोकारवालाहरु सँग छलफल गरि प्रतिवेदन तयार पार्न संसदीय समितिले उपसमितिले गठन गरेको छ । जसमा सांसदहरु सिंह, भट्टराई, अञ्जना विंशेखे, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगन थापा, चित्रलेखा यादव, खगराज अधिकारी र एकवाल मियाँ सदस्य छन् ।


सरकार डा. गोविन्द केसीसँग गरेको सहमतिबाट पछि नहटेको भए उपसमितिबाट विधेयक छिटै टुङ्गो लाग्ने सांसद गगन थापाले बताए । ‘सरकारको पूर्व प्रतिबद्धता कायमै भए उपसमितिको दुई/तीन वटा बैठकबाटै विधेयक टुङ्गो लागेर संसद जान्छ,’ उनले भने, ‘संशोधनकर्ताहरु सँग दफावार छलफल गरेर प्रतिवेदन बनाउन मात्रै बाँकी छ ।’


चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. केसीले विधेयक संसदबाट पास गर्न ढिलाइ भए पुन: अनशन बस्ने चेतावनी दिदैं आएका छन् ।


प्रकाशित : मंसिर २, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?