कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे ।

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्रीलगायतको उपस्थिति रहनेछ ।

हालसम्म पाँचथरका ५२ हजार सर्वसाधारणसहित सिंहदरबारका ३५ सय कर्मचारीको विवरण परिचयपत्रका लागि संकलन भइसकेको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?