कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बोक्सी आरोपमा मलमूत्र खुवाई निर्घात कुटपिट

धादिङ — धादिङको सिद्धलेक–४ गौंथलेमा ७३ वर्षीया वृद्धामाथि बोक्सी आरोपमा मलमूत्र खुवाई निर्घात कुटपिट भएको छ । कुटपिटबाट सेतीमाया लायोमगर गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

बोक्सी आरोपमा मलमूत्र खुवाई निर्घात कुटपिट

पीडितकी नातिनी जुना मगर पौडेलले आफ्नी हजुरआमालाई बोक्सी आरोपमा निर्घात कुटपिट गरिएको र मलमूत्र खुवाइएको बताइन् । ‘घरबिदामा आएका नेपाली सेनामा कार्यरत जवानले नै कुटपिट गरे,’ उनले भनिन् ।


गत कात्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र नेपाली सेनाका जवान मिलेर महिलालाई दुव्र्यवहार गरेका हुन् । पीडित परिवारका अनुसार कुटपिट गर्नेमा धामीहरू ५५ वर्षका हर्कबहादुर पुलामी, ६० वर्षीय खोलबहादुर पुलामी र ४० वर्षीय यमबहादुर मगर र नेपाली सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्छान मगर संलग्न छन् ।


चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न सेनाका जवान मगर भाग्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा पक्राउ गरिएको थियो । पीडित परिवारका अनुसार वृद्धालाई गोबर र दुवोसमेत खुवाइएको थियो ।


स्थानीय राजनीतिक दलका कार्यकर्ताहरूले पीडित पक्षलाई गाउँमै मिल्न चर्को दबाब दिएकाले उजुर गर्नसमेत ३ दिन ढिलाइ भएको परिवारजनले बताएका छन् ।

प्रकाशित : मंसिर ३, २०७५ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?