कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता छानविन र मेलमिलाप आयोग खारेज गर्न द्वन्द्व पीडितको माग

घनश्याम खड्का

काठमाडौँ — द्वन्द्वका क्रममा राज्य र तत्कालिन माओवादी दुवैतिरबाट पीडित बनेकाहरुको संयुक्त सम्मेलनले बेपत्ता छानविन र मेलमिलाप आयोग दुवैको खारेजी माग गरेको छ । दुई आयोग बनेको चार वर्ष वित्दा पनि केही काम हुन नसकेको भन्दै उनीहरुले पीडितहरुको संलग्नतामा नयाँ संरचनाको माग गरेका हुन् ।

बेपत्ता छानविन र मेलमिलाप आयोग खारेज गर्न द्वन्द्व पीडितको माग

बृहत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको अवसरमा बुधबार सार्वजनिक गर्नका लागि तयार पार्दै गरेको वडा पत्रको मस्यौदामा पीडितहरुसमेत सहभागिता रहेको अन्तरिम संयन्त्रको माग गरिएको छ ।


वडा पत्रमा गम्भिर मानव अधिकार उल्लंघनमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने, घट्नाहरुमा के भएको थियो भन्ने बारेमा चित्ता बुझ्दो विवरण सार्वजनिक गर्नुपर्ने, घट्नाहरुलाई चीर कालसम्म राष्ट्रिय स्मृतिमा राख्नका लागि त्यही अनुसारका कामहरु गरिनु पर्ने उल्लेख गरिएको छ ।


जिल्लाहरुबाट सहभागी हुन आएका पीडितहरु ।


सम्मेलनको उद्घाटन सत्रमा शान्ति प्रकृया संलग्न भएकाहरु दलहरुका तर्फबाट कांग्रेसका रमेश लेखक, नेकपाका हरिवोल गजुरेर र कानुन मन्त्री भानुभक्त ढकालले पीडितहरुको मागप्रति एक्यवद्धता जनाएका थिए ।


प्रकाशित : मंसिर ४, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?