कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्काको नाममा रकम निकाल्ने पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । 

अर्काको नाममा रकम निकाल्ने पक्राउ

प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलंकी शाखाबाट पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मंगलबार राति पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।


प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ गरेको हो । सोही समयमा मण्डलसँगै बसेका विकास लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीले मण्डलसँग एक थान मोबाइल र एक लाख ६ हजार ८ सय ९२ रुपैँया समेत बरामद गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?