कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय समिति बैठक ९ गतेदेखि 

काठमाडौँ — महासमिति बैठकको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ देखि बस्ने भएको छ । पहिलो बैठकमै विधान संशोधन समितिले विधानको मस्यौदा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई वितरण गर्ने एजेण्डा तय भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक ९ गतेदेखि 

विधान अध्ययनका लागि दुई दिनको समय दिई पुन: बैठक बोलाइने उपसभापति बिमलेन्द्र निधिले बताए ।


समितिले फरक मतसहित विधान मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको छ । पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या, पदाधिकारी, अनुशासन समिति, संसदीय समितिको निर्वाचन प्रक्रिया, पार्टीको सदस्यता, विशेष परिस्थितिको व्याख्यालगायतका कतिपय विशेषमा समितिले सहमित जुटाउन सकेको छैन । यी विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरुले फरक मत राखेका छन् ।


समितिस्तरमा सहमति जुट्न नसक्ने भएपछि समितिले फरम मतसहित मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको हो ।

प्रकाशित : मंसिर ५, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?