कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बलात्कार आरोपमा राजपाका नेता पक्राउ 

रासस

सप्तरी — कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।

बलात्कार आरोपमा राजपाका नेता पक्राउ 

पक्राउ पर्नेमा राजपा नेपालका सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता–५ लोखरम निवासी मनोजकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो ।


उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए ।


राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रकाशित : मंसिर १८, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?