निर्मला हत्या प्रकरण : न्याय माग्दै मानव सांग्लोसहित प्रदर्शन

भवानी भट्ट

कञ्चनपुर — न्याय माग्दै महेन्द्रनगर बिहीबार मानव सांग्लोसहित प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार महेन्द्रनगर बजारमा मानव सांग्लोसहित प्रदर्शन गरिएको हो ।


महेन्द्रनगरको ट्राफिक चोक, मदन चोक, भानु चोक र जिल्ला प्रशासन आगडी मानव सांग्लोसहित प्रदर्शन गरिएको थियो। सुरुमा मानव सांग्लो मात्रै बनाउने भनेपनि विभिन्न विद्यालयबाट आएको विद्यार्थीको भीड अनियन्त्रित बनेपछि बजारमा र्‍यालीसहित प्रदर्शन गरिएको हो। समितिले सोमबारदेखि सुरु गरेको एक चरणको आन्दोलन बिहीबार सम्पन्न भएको छ। यसअघि दुई दिन प्रशासन आगडि धर्ना र एक दिन टर्च वालेर न्यायको खोजी गरिएको थियो।
‘अब नागरिक संघर्ष समितिको बैठक बसेर थप कार्यक्रम घोषणा गरिनेछ’ नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले भनिन्, ‘हाम्रो आन्दोलन शान्तिपुर्ण हुनेछ।’ समितिले बिहीबार मानव सांग्लो प्रदर्शन गर्ने भनेपनि विद्यार्थीको भीड अनियन्त्रित भएपनि नारा जुलुसमा परिणत भएको थियो।

प्रकाशित : मंसिर २०, २०७५ १६:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् ।

निक र प्रियंका गत डिसेम्बर १ र २ तारखिका दिन जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह बन्धनमाम बाँधिए ।

पहिलो दिन ईसाइ धर्म अनुसार र दोस्रो दिन हिन्दू परम्परा अनुसार विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सोमबार जोधपुरबाट फर्किएर दिल्लीमा रिसेप्सन पार्टी दिएका थिए ।

मंगलबार भारतको ताज प्यालेस होटलमा आयोजित पहिलो रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित थियो ।

मोदीले नव विवाहित दम्पतिलाई बधाई तथा शुभकामना दिएका थिए ।

निक र प्रियंकाले विवाहको केही तस्बिरहरु मात्र सार्वजनिक गरेका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ १६:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT