कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुर भ्रमणले नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्ध उच्च भयो: योगी आदित्यनाथ

सन्तोष सिंह

काठमाडौँ — भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् ।

जनकपुर भ्रमणले नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्ध उच्च भयो: योगी आदित्यनाथ

दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा अगाडि बढाउनु पर्ने उनले बताए ।


भौतिक विकासले मात्र खुसियाली मिल्ने उनले बताए । 'नेपाल र भारत मिलेर नेपालको भौतिक विकासमा एक मत रहेको छ,' योगीले भने । नेपालसँग जोडिने सबै मार्ग निर्माणका लागि भारतले प्रयास गरेको उनले दाबी गरे ।


सिताराम विवाह पञ्चमी महोत्सव मूल समारोह समिति जानकी मन्दिरले रंगभूमि मैदान बाह्र विगाहामा आयोजना गरेको रामजानकी विवाह महोत्सवलाई नेपाली भाषामा सम्बोधन गर्दै योगीले भारतीय प्रधानमन्त्री मोदीको शुभकामना बोकेर आउँनपाउँदा खुसी भएको बताए ।


जनकपुरमा अपनत्वको भाव देख्न पाउँदा खुसी लागेको छ । उनले भने,'जनकपुर र अयोध्याको त्रिठाटन गर्न ललायित थिएँ । विवाह पञ्चामीको अवसरमा आउन पाउँदा खुसी छु ।' आफ्नो जनकपुर भ्रमणले सांस्कृतिक सम्बन्ध उच्च भएको बताउदै आदित्यानाथले विद्वानहरुको सहर जनकपुरको संस्कृति महान् रहेको बताए ।


जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारले चार लेनको रामजानकी मार्ग निर्माण काम अगाडि बढाएको उनले जानकारी दिए ।


जनकपुर र आयोध्याको पौराणिक सम्बन्ध रहेको बताउँदै योगीले भने,' जानकी बिना रामको शक्ति सम्भव थिएन, आँधि शक्ति त सीता थिइन् । '


जनकपुर र आयोध्या एक भएर रावणलाई पराजित गरइी राम राज्यको अधारशिला बनेको योगीले बताए ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको आगमनले दुई देशको सम्बन्ध थप प्रगाढ हुने बताए ।


अयोध्याबाट जन्तीको नेतृत्व गर्दै योगी जनकपुरमा आयोजित विवाह महोत्सवमा सहभागी भएका हुन् । कार्यक्रममा योगीका लागि रंगभूमि मैदानमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा योगीलाई जनकपुर उप-महानगरपालिकाले योगीलाई नागरिक अभिनन्दन गरेका थिए ।


बिहान ११ बजे भारतीय विमानबाट जनकपुर आएका योगी जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए । जनकपुरमा प्रदेश सरकारले योगिका लागि भण्डारा आयोजना गरेको थियो । योगी आजै भारत फर्क‍ने छन् ।

प्रकाशित : मंसिर २६, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?