कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यूनतम पारिश्रमिक लागू गराउन सञ्चारमन्त्रीको निर्देशन 

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारद्वारा तोकिएको पत्रकारहरूको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गर्न मन्त्रालय र सूचना विभागका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

न्यूनतम पारिश्रमिक लागू गराउन सञ्चारमन्त्रीको निर्देशन 

सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा उनले विभिन्न सञ्चार माध्यममा भत्ता जोडेर पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५०० रुपैयाँ पुर्‍याइएको पाइएको र त्यो गलत भएको बताए ।


‘पत्रकारको विशुद्ध पारिश्रमिक नै २४ हजार ५ सय रुपैयाँ हुनुपर्छ, त्यसमा भत्ता जोड्न मिल्दैन’ भन्दै उनले सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई न्यूनतम पारिश्रमिक जसरी भए पनि कार्यान्वयन गराउन निर्देशन दिए । विभाग मुलुकभरका पत्रकारहरूलाई ‘प्रेस प्रतिनिधि प्रमाणपत्र’ दिने र प्रेस रजिस्टारको काम गर्ने निकाय हो ।


उनले सरकारको विकास योजनाअनुरूप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् । उनले आफ्नो मन्त्रालयको कामको गति सुस्त भएको उल्लेख गर्दै कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरे ।


बाँस्कोटाले सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुनसमेत कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित : मंसिर २६, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?