कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलारको ब्याट्री पड्किएर घर जल्दा तीन बालबालिकाको मृत्यु

जुत्ता पसलमा भएकाे अर्काे अागलागी तीन घण्टा पछि नियन्त्रणमा
दुर्गालाल केसी

दाङ — बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ ।

सोलारको ब्याट्री पड्किएर घर जल्दा तीन बालबालिकाको मृत्यु

एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ५ बिरेन्द्रचौकस्थित अन्पूर्ण ट्रेडर्समा शुक्रबार विहान आगलागी भएको छ ।


बिहान ६ बजेदेखि लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । भीमप्रसाद घिमिरेले आफ्नै घरमा सञ्चालन गरेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो ।


मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।


विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगोबाट करोडौंको क्षति भएको पसल सञ्चालन घिमिरेले बताएका छन् । आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासी खटिएका थिए ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?