१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

हिन्दु राष्ट्रका लागि जनसंघर्ष गर्ने तयारीमा छौं : कमल थापा  

करिश्मा चौधरी

वीरेन्द्रनगर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्थापनाकालागि देशभर जनसंघर्षका कार्यक्रम गर्ने बताएका छन् । 

हिन्दु राष्ट्रका लागि जनसंघर्ष गर्ने तयारीमा छौं : कमल थापा  

आउँदो फागुन ७ गतेदेखि जनसंघर्ष गर्न पार्टीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको जानकारी दिँदै उनले पुष र माघमा सबै स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने तयारी भैरहेको बताए ।


कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन सुर्खेत आएका थापाले शुक्रबार वीरेन्द्रनगरमा यस्तो बताएका हुन । उनले जनसंघर्ष कुनै धर्म, पार्टी वा सरकारको विरुद्धमा नरहेको स्पष्ट पारे । धर्म परिवर्तनले राष्ट्रिय पहिचान मेटिन थालेको भन्दै उनले जनसंघर्षको उद्देश्य हिन्दु राष्ट्रको पुनस्थापना गर्नुरहेको थापाले बताए ।


संविधान लेखन अघि देखि नै सडक र सदनमा हिन्दु राष्ट्र घोषणाको आवाज उठाए पनि संख्यामा कम भएकाले संविधानमा लेख्न नसकेको अध्यक्ष थापाले बताए । उनले भने, ‘हामीले निरन्तर आवाज उठाइरहेको हो, यसमा कांग्रेसले साथ दियो भने सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’


सरकारको कार्यकालको कुरा गर्दै अध्यक्ष थापाले जनताले गरेको अपेक्षा र चुनावको बेला पार्टीले देखाएको आशा अनुसार अहिलेको सरकारले काम गर्न नसकेको बताए ।


सरकारले चुनाव अघि रोजगारी सृजना, आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्य र सुशासनमा जोड दिए पनि कुरा अनुसारको काम गर्न नसकेको उनको आरोप छ । ‘अहिलेको सरकार आर्थिक, सामाजिक र राजनीतिक रुपमा असफल हुँदै आएको छ, यो ठाँउमा कांग्रेसको सरकार भएपनि अवस्था यस्तै हुन्थ्यो,’ थापाले भने, ‘हाम्रोमा ब्यक्ति र पार्टीको मात्रै कमी कमजोरी नभएर थिती, ब्यवस्था र मार्गचित्र त्यस्तै बसेको छ ।’ अहिलेको सरकार शक्तिशाली भए पनि जनतालाई अनुभुति हुनेगरी काम गर्न नसकेको थापाले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?