कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्सारी दोहा सम्मेलनमा 

काठमाडौँ — मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम मियाँ अन्सारी शनिवारदेखि कतारको दोहामा सुरु भएको ‘दोहा फोरम २०१८’ मा नेपालको तर्फबाट सहभागी भएका छन् । अन्सारी नेकपाका केन्द्रिय सदस्य हुन् ।

अन्सारी दोहा सम्मेलनमा 

विश्वव्यापी बहस, नीति निर्माण, कुटनीति र जल्दाबल्दा विषयमा छलफल हुने फोरममा विश्वका विभिन्न मुलुकबाट उच्च ओहदाका व्यक्तित्वहरु, कुटनीतिज्ञ र मानवअधिकारकर्मी सहभागी छन् ।


कतारका उपप्रधान तथा विदेशमन्त्री शेखमोहम्मद बिन अब्दुररहमान अल थानीले शनिवार उद्घाटन गर्ने उक्त फोरममा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्स, विभिन्न देशका राष्ट्र प्रमुख, विदेशमन्त्री र कुटनीतिज्ञहरु सहभागी छन् । सम्मेलन आइतबारसम्म चल्ने छ ।


विश्वसामु देखा परेका चुनौतीबारे विश्वव्यापी बहस गर्ने र त्यसका लागि आवश्यक पर्ने नीति तय गर्ने उद्देश्यले यस्तो सम्मेलन हुने गरेको छ । १८ वर्षअघि दोहा फोरम स्थापना भएको हो ।

प्रकाशित : मंसिर २९, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?