कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल छिरेको मौकामा सुस्तवासीले घेरा हाले, निकुञ्ज टोलीले नियन्त्रणमा लिँदै

नारायण शर्मा

नवलपरासी — बर्खामा नारायणी नदीको बाढिले  बगाएर  भारत   पुर्‍याएको एक गैंडा २ दिन देखि सुस्तावासीले घेराबन्दि गरेर नियन्त्रणमा लिएका छन् । कहिले भारतको वाल्मिकी निकुञ्ज त   कहिले सुस्तामा चर्दै आएको भाले गैंडालाई छोपेर चितवन निकुञ्ज फिर्ता ल्याउन सुस्तावासीले नेपाली भूभागमै राख्न घेराबन्दि गरेका हुन् । 

बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल छिरेको मौकामा सुस्तवासीले घेरा हाले, निकुञ्ज टोलीले नियन्त्रणमा लिँदै

चितवन निकुञ्ज त्यो गैंडा नेपाली भूभाग (सुस्तामा) चर्न आएको मेसो पारेर स्थानीयले घेरा हालेका थिए । उक्त गैंडा समात्न चितवन निकुञ्जका प्राविधिकको टोलिसहित ३ वटा हात्तीको टोलि सुस्ता आसपासमा दुईसातादेखि खटिएको थियो । २ दिन अघिदेखि सुस्ताको ज‌ंगलमा आएको गैंडालाई रातभरी हात्तीसहितको टोलिले गुलेलीको साहरामा बाटो छेक्दै भारतीय जंगलमा जान नदिएको सुस्ता बचाउ आन्दोलनका अगुवा गोपाल गुरुङले टेलिफोनमा जान्कारी दिए । 'गैंडा भारतीय जंगलमा पुग्यो भने भारतीय सुरक्षाकर्मीले ल्याउन नदिने भएका कारण स्थानीयको सहयोगले गैंडालाई घेराबन्दि गर्न परेको हो,' उनले भने ।


चितवन निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले गैंडालाई बेहोस बनाउनका लागि डार्ट हान्ने टोली सुस्ता पुगिसकेको र आज दिनभरमा गैंडा नियन्त्रणमा लिईने दाबि गरे । डार्ट गरेको १० मिनेटमा गैंडा बेहोस हुने भएकाले गाडीमा उठाउन मिल्ने ठाउँमा ल्याएर मात्रै सुई हान्नुपर्ने हुँदा केही समय लाग्ने उनले बताए ।


दुईदिनदेखि गैंडा घेराबन्दिमा पार्न खटिएका कारण स्थानीयले राम्रोसँग सुत्न पाएका छैनन् । यो बाहेक अन्य २ गैंडा पनि बाढीले बगार भारत पुर्‍याएको छ । ती २ गैंडा भारतीय जंगलमा नै रहेको र त्यहाँका सुरक्षाकर्मीले ल्याउन नदिएको निकुञ्जको भनाई छ ।

प्रकाशित : पुस १, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?