१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

निर्मला बलात्कार तथा हत्या प्रकरणबारे प्रहरीले तयार पर्‍यो सात सय पृष्ठको प्रतिवेदन

जनकराज सापकोटा

काठमाडौँ — निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीको भूमिकाबारे अध्ययन गर्न बनेको समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ । एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको समितिले सात सय पृष्ठको प्रतिवेदन बुझाएको हो ।

निर्मला बलात्कार तथा हत्या प्रकरणबारे प्रहरीले तयार पर्‍यो सात सय पृष्ठको प्रतिवेदन

प्रहरी प्रधान कार्यालयका एसपी रामदत्त जोशीले समितिले प्रतिवेदन बुझाएको र त्यसको अध्ययन पछि प्रहरी प्रधान कार्यालयले आगामी कदम चाल्ने बताए । असोज १ मा प्रहरी प्रधान कार्यालयले तत्कालीन डिआईजी धिरु बस्नेतको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले निर्मला पन्त हराएपछि प्रहरीको भूमिका के कस्तो रह्यो? अनुसन्धानमा प्रहरीले कहाँ, कसरी, किन त्रुटि गऱ्यो? कार्यसम्पादनका क्रममा देखिएका त्रुटिको जिम्मेवार को-को थिए भन्ने जस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ ।


दसैँअघि घटनास्थलको स्थलगत अध्ययन समेत गरेको समितिले घटनाका बेला र त्यसपछिको अनुसन्धानमा संग्लन सबै प्रहरीसँग बयान लिएको थियो । यसका अलवा अनुसन्धानमा संग्लन केही प्रहरीको कल डिटेल र सामाजिक सञ्जालको गतिविधिलाईसमेत समितिले केलाएको थियो ।



स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले प्रतिवेदनले दिएको सुझावका आधारमा केही प्रहरी अधिकारीलाई आन्तरिक कारबाही गर्ने र केहीमाथि थप अनुसन्धान गर्ने सम्भावना बढेको छ । अनुसन्धानका क्रममा गरेका गल्तीहरू के कारणले भए? त्यस्तो त्रुटि कसैको निर्देशन वा दबाबमा भएको थियो वा के कारणले त्यस्तो भएको थियो भन्नेबारे पनि प्रतिवेदनमा समेटिएको छ ।


साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । उक्त घटनाको अनुसन्धानमा प्रहरीको भूमिका त्रुटिपूर्ण भएको, प्रमाणहरू नष्ट गरिएको र नक्कली अभियुक्त खडा गरेको भन्दै जनस्तरबाट व्यापक आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रकाशित : पुस २, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?