कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

दिल्लीमा कर्मचारी व्यवस्थापनको सुत्र खोज्दै मन्त्री पण्डित

काठमाडौँ — संघीय संरचनामा कर्मचारी व्यवस्थापन र पुन:संरचनाको अभ्यास एवं अनुभव साटासाट र अध्ययन गर्न नयाँ दिल्लीमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतका कार्मिक, लोकशिकायत तथा पेन्सन केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहसँग भेटेका छन् ।

दिल्लीमा कर्मचारी व्यवस्थापनको सुत्र खोज्दै मन्त्री पण्डित

सोमबारको भेटमा संघीयतामा कर्मचारी व्यवस्थापनसम्बन्धी अधययन साटासट भएको नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए ।



साथै भेटमा कर्मचारी तालीम र त्यससम्बन्धी तालीम आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । "संघीयतामा कर्मचारीको व्यवस्थापन प्रभावकारी बनाउने सम्बन्धमा विभिन्न पक्षमा छलफल भयो" कार्यवाहक राजदूत रेग्मीले भने । यसका अतिरिक्त आजको भेटमा कर्मचारीको तालिमलगायतका क्षमता अभिवृद्धि गर्न नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र भारतको मसुरीस्थित इण्डिया इन्स्टिच्युट अफ एडमिनिष्ट्रेटिभ सर्भिसबीच लिखित समझदारी गर्ने विषयमा समेत छलफल भएको रेग्मीले जानकारि दिए ।


मन्त्री पण्डितले सोमबार संघीय लोकसेवा आयोगका अध्यक्ष अरविन्द सक्सेनासँग पनि भेटेका थिए । मन्त्री पण्डित मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव भूपाल बराल र स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख सहसचिव सुरेश अधिकारीलाई लिएर दिल्ली आएका छन् ।

प्रकाशित : पुस ३, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?