कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीलाई कुटपिट गरी हतियार लुटियो

रासस

वीरगञ्ज — पर्साको सीमावर्ती भारतीय बजार इनर्वातर्फ पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति प्रहरी चौकी पांडेपुरका प्रहरीलाई कुटपिट गरी हतियार लिइ तस्कर फरार रहेका छन् । 

पांडेपुर नजिकको औरही खोलाको बाटो गरी सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सुचनाका आधारमा राति ३ बजेतिर प्रहरी चौकी पिडारी गुठीबाट गएको टोलीले तस्करलाई रोक्न खोज्दा तस्कर र प्रहरीबीच विवाद सुरु भएको थियो ।


चौकीबाट थप तीन जना प्रहरी घटनास्थल पुगेपछि विवाद झन् चर्किन जाँदा करीब ४० जनाको संख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी र भाटाले कुटपिट गरी एकनाल थ्री नट थ्री बन्दुक लुटेर फरार भएका छन् ।


तस्करको कुटाइबाट प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।


घाइतेमध्ये प्रसनी यादव र प्रज चौधरी सख्त घाइते रहेको बताइएको छ । ठूलो संख्यामा रहेका तस्कर फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

प्रकाशित : पुस ३, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?