प्रधानन्यायाधीशमा प्रस्तावित जबराविरुद्ध ९ उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । समितिको सचिवालयले ती उजुरी अध्ययनका लागि सदस्यहरूलाई बाँडेको छ । 

उजुरीको यथार्थमाथि समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि जबराको संसदीय सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी १७ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छन् ।

प्रकाशित : पुस १२, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गममा विरामीको व्यथा

वसन्तप्रताप सिंह

बझाङ — बझाङ सदरमुकाम चैनपुरबाट करिब चार दिनको पैदल हिडेँपछि सुदुर उत्तरमा पर्ने साइपाल गाउँपालिका पुगिन्छ । सडक सञ्जालमा नजोडिएको यो गाउँपालिका शिक्षा, स्वास्थ्य, विद्युत जस्ता विकासका पूर्वाधारमा पनि पछाडी छ । यहाँ विरामी भैहाले रोग पालेर बस्नुको विकल्प छैन । 

स्वास्थ्य संस्थाको पहुँच नपुगेपछि दुर्गममा विपन्न वर्गले विरामी हुँदा कस्ता पीडा भोग्नुपरेको छ भन्ने उदाहरण हो साइपाल गाउँपालिकाको धलन गाउँ। जटिल भौगोलिक संरचना, चेतनाको कमी र गरिबी नै यहाँका स्थानीयलाई स्वास्थ्योपचारका लागि बाधक बनेका छन्।

उनीहरुले स्वास्थ्यचौकी पुग्न मात्रै एकदिन पैदल हिड्नुपर्छ। जहाँ दक्ष स्वास्थ्यकर्मी र पर्याप्त औषधी नै पाइदैन। राम्रो उपचार गर्न सदरमुकाम, धनगढी, नेपालगञ्ज तथा काठमाडौं पुग्नुपर्छ। दुई छाक टार्न समेत धौधौ पर्ने उनीहरुलाई त्यहाँसम्म पुग्न खर्चले धान्दैन।

समयमा उपचार नपाएर वर्षेनी दर्जनौँले अकालमा ज्यान गुमाउँछन्। महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई बढि जोखिम छ।

प्रकाशित : पुस १२, २०७५ २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्