कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा पहिरोले धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध

बलराम घिमिरे

रसुवा — आइतबार राति सुक्खा पहिरो खस्दा पासाङल्हामु सडक अवरुद्ध भएको छ । गोसाइकुण्ड गाउँपालिका–५ खोपाङ भिरमा सुक्खा पहिरो खस्दा धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको हो ।

सुक्खा पहिरोले धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा रसुवागढीनाकाबाट सामान बोकेर काठमाडौं जाँदै गरेका र सामान लिन केरुङ जान लागेका कन्टेनर तथा यात्रुवाहक सवारी साधन बीच बाटोमा रोकिएका छन् ।


सडक खुलाउनको लागि नुवाकोटबाट स्काभेटर मगाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । साँझसम्ममा सडक संचालनमा आउने उनले जानकारी दिए ।

प्रकाशित : पुस १६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?