अख्तियारद्वारा आफ्ना पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि आरोपी बनाइयो
कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउनका लागि कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए। पाठकले राजिनामा दिएसँगै उनी विरुद्ध अख्तियारले छानबिन सुरु गरेको थियो।

उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ। तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ। अख्तियारले अनुशन्धानको क्रममा बयान लिएर छाडेका न्यौपाने भनेफरार छन्।

यो पनि पढ्नुहोस् :



प्रकाशित : चैत्र १२, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

विप्लवका तीन कार्यकर्ता पक्राउ 

प्रताप रानामगर

दमौली — नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता मंगलबार तनहुामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुाबाट खटिएका प्रहरी टोलीले विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला सदस्य एव्म अखिल नेपाल क्रान्तिकारी लमजुङ्गका जिल्ला अध्यक्ष व्यास नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय सुनिल कुमाल, जिल्ला सदस्य एवं बन्दिपुर गाउँपालिका ५ का ३१ वार्षीय अम्मरराज बूढा मगर र व्यास १४ का ५३ वर्षिय भेषबहादुर सुनार रहेको प्रहरी उफरिक्षक सिद्धीविक्रम शाहले बताए ।

सुनार दलित मुत्ति मोर्चाको तनहुा जिल्ला अध्यक्ष हुन् । उनीहरुको साथबाट ब्याट्री, तार, सहयोग रसिद, रवर स्ट्याम्प, पर्चा लगायत बरामद गरिएको उनले बताए । त्यस्तै प्रहरीले हप्ता दिन अगाडि जिल्ला सदस्य एवं बन्दीपुर १ बस्ने प्रेमबहादुर शाहीलाई पक्राउ गरेको थियो ।

प्रकाशित : चैत्र १२, २०७५ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्