कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

थापाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि बिहीबार मात्रै पार्टी नेतृत्वलाई चुनौती दिने गरी राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?