कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरीमा डुबेर बालिका वेपत्ता

विप्लव महर्जन

सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ३ कारागाउँस्थित भेरी नदीमा डुबेर एक बालिका वेपत्ता भएकी छन् । स्थानीय १४ वर्षीया गीता बिक मंगलबार दिउँसो वेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बालिका बिक धान कुट्न भनी कारागाउँस्थित मिलमा जाँदै गरेकी थिइन् । गर्मी बढी भएकाले उनी भेरी नदीमा पौडी खेल्न गएकी थिइन् ।

पौडी खेल्ने क्रममा उनी डुबेर वेपत्ता भएको बताइएको छ । वेपत्ता भएकी बालिका बिकको अहिले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ खड्काले जानकारी दिए।

प्रकाशित : जेष्ठ १७, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?