कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारा एथलेटिक्समा अजय र हीरामायालाई दोहोरो स्वर्ण

काठमाडौँ — निशान थापा र चन्द्रमा थापा क्षेत्रीले मंगलबार पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा–पुड्कातर्फ स्वर्ण पदक जितेका छन् । दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा विजेता भए । देवराज घिमिरे दोस्रो र मानबहादुर श्रेष्ठ तेस्रो भए ।

पारा एथलेटिक्समा अजय र हीरामायालाई दोहोरो स्वर्ण

चन्द्रमाले महिला १ सय मिटर दौडमा सिर्जना सेन्चुरी (दोस्रो) र छोरीमाया थापा (तेस्रो) लाई पछाडि पार्दै स्वर्ण जितिन् ।

बहिरातर्फ महिला २ सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बाँस्तोलाले रजत र हीरामाया घलेले कांस्य जिते । पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमश: शीर्ष तीन स्थानमा विजयी रहे । अजयले पुरुष ४ सय मिटर दौडमा पनि स्वर्ण जिते । उर्गेन दोस्रो र अनिश खड्का तेस्रो भए । उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्वर्ण जितिन् । उनको यो व्यक्तिगत दोस्रो स्वर्ण हो । विनिता थापा दोस्रो र सविता देउला तेस्रो भए ।

ह्विलचेयरको पुरुष १ सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए । महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो भए । ह्विलचेयरकै पुरुष ज्याभलिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्रो र गिरिराज थापा तेस्रो भए । महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो भए ।

आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपिन वस्ती तेस्रो बने । महिलातर्फ सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो भए ।

पूर्ण दृष्टिविहीन पुरुष २ सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो र सौगात बगाले तेस्रो भए । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगिता घलेले रजत र रोजनी थापा मगरले कांस्य जिते ।

हरेक विधाका शीर्ष तीन स्थानका खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए ।

प्रकाशित : जेष्ठ १७, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?