कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन घाइते

हरिराम उप्रेती

गोरखा — चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । 

चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी घाइते बनाएको लामिछानेले जानकारी दिए । ‘घरभित्र बस्नुस्, बाहिर ननिक्लनुस् भनेर प्रहरी टोलीले स्थानीयलाई सूचित गर्दै गर्दा उन्यू घारीमा लुकेको चितुवाले प्रहरीलाई पनि आक्रमण गरेछ,’ उनले भने,‘स्थानीय र प्रहरीलाई आक्रमण गरेको दुरी ७–८ सय छ ।’

प्रहरी हवल्दार रायमाझीको पिठ्युमा चिथोरेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केशरबहादुरको ढाड र अभिषेकको बायाँ तिघ्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको डिएसपी लामिछानेले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार भएका तीन जनाको अवस्था भने सामान्य छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?