कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारमा बम विस्फोट : एकको मृत्यु, नौ घाइते

एजेन्सी

काठमाडौँ — म्यानमारको राजधानी यंगुनमा बम विस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै नौ घाइते भएका छन् । 

म्यानमारमा बम विस्फोट : एकको मृत्यु, नौ घाइते

प्रहरीका अनुसार मंगलबार भएको विस्फोटमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोट भएको प्रहरीले जनाएको छ । राजधानीस्थित बसपार्क नजिकै विस्फोट भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । यद्यपि कसले विस्फोट गराएको भन्नेबारे यकिन भइसकेको छैन ।

प्रकाशित : जेष्ठ १७, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?