कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वप्रकाशलाई देउवाको सुझाव– ‘अहिले नहतारिनुस्’

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बाहिरबाट अरुले भनेको जस्तो निर्णय गर्न सहज नभएको बताएका छन् । काठमाडौंमा नेता रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले जिम्मेवारीमा बसेर निर्णय गर्न भन्न जति सहज नभएको बताए । 

विश्वप्रकाशलाई देउवाको सुझाव– ‘अहिले नहतारिनुस्’

कार्यक्रममा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनबाट पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै राजनीतिमा परिवर्तनका लागि ‘वान, टु, थ्री, फोर’को प्रस्ताव अघि सारेको बताएका थिए ।

जवाफमा देउवाले आफूले त्यति नै गर्न सकेको भन्दै नहतारिन सुझाव दिए । ‘अहिले नहतारिनुस् । अहिले हतारिएर केही हुँदैन । अब पालो तपाईंहरूकै हो । तपाईंहरूको पनि पालो आउँछ । त्यतिबेला कस्तो गर्नुहुन्छ, हेरौँला, भन्न सजिलो छ, गर्न गाह्रो छ,’ देउवाले भनेका थिए । देउवाले पार्टीमा आफूले परिपक्क निर्णय गर्ने गर्दा ढिलो हुने गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले देउवाले समयमा निर्णय नगर्दा समस्या हुने गरेको बताएका थिए । ‘निर्णय गर्ने भनेर मात्रै हुँदैन । निर्णय कस्तो गर्ने भन्ने कुरा मुख्य हो । निर्णय गर्दा परिपक्क निर्णय गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा निर्णय नगर्नु नै राम्रो हुन्छ,’ देउवाले जवाफमा भनेका थिए ।

उनले कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरले कांग्रेस र नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गरे ।

प्रकाशित : मंसिर १४, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?