कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

 सावर्जनिक बिदाको औचित्य

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्य देशको भन्दा नेपालमा अधिक बिदा दिने गरेको पाइन्छ । सरकारले सार्वजनिका बिदामा अरू थप गरेको पाइन्छ । नेपालमा हरेक जातजातिको चाडपर्वमा सार्वजनिक बिदा दिई सरकारी कामकारबाहीलाई ठप्प गर्ने गरिएको छ ।

यति धरै सार्वजनिक विदा पहिलेको शासनकालमा पनि थिएन । गणतन्त्र प्राप्तिपछि देशमा जनताले आर्थिक विकास हुने अपेक्षा गरेका छन् । तर सरकारले यसरी सार्वजनिक विदाको संख्या वृद्धि गर्दैलग्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको पाइन्छ । उदाहरणका लागि कुनै राजनीतिक दलले एकदिन नेपाल बन्द गर्दा सरकारी कामकाज ठप्प भई देशको अर्थतन्त्रमा नकारात्मक असर पर्छ र काम गर्ने कर्मचारी तथा सेवाग्राही हतोत्साही हुन्छन् र मनोबल गिर्छ । हो विविध जातजातिले बसोबास गर्ने यहांँ यदि जातजातिका चाडपर्वमा विदा दिनुपरे पहिलेजस्तै ती जातजातिलाई मात्र दिने र अरूलाई कार्य गर्न दिनु उचित हुन्छ । राम्रा कुरामा हामीले अमेरिका तथा युरोपियन देशको पनि सिको गर्न जान्नुपर्छ । अर्थतन्त्रको सबलताको तुलना गर्दा नेपालभन्दा अमेरिका निकै माथि छ, तर त्यहांँ सार्वजनिक विदा भनेको नगण्यमात्र हुन्छ । अत्यावश्यक नभइकन त्यहांँ सरकारले सावर्जनिक विदा दिँदैन । तर नेपाल जहांँ जनताले अत्यधिक कार्य गरी कमजोर अर्थतन्त्रलाई उकास्नुपर्ने छ, यसरी सार्वजनिक विदा धेरै दिँदा त्यसले कमजोर अर्थतन्त्र भएको देश झनै कमजोर बन्न पुग्छ । यसमा सम्बन्धित निकायको ध्यान पुगोस् ।


– एस. वैध

सिनामंगल, काठमाडाैं

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?