कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक स्थिरताको आशा

कान्तिपुर संवाददाता

काठमाडौँ — आमनिर्वाचन अघि एकाएक भएको वाम गठबन्धनले राष्ट्रिय रूपमै ठूलै खलबली गरायो । सबैका आआफ्नै किसिमका टिकाटिप्पणी भए, पार्टीगत पनि र आम जनमानसमा पनि ।

निर्वाचनको मुखैमा भएको गठबन्धनकै कारण आज सत्तासीन बनाइसकेको छ र यस पटकको जनमत वाम गठबन्धनको पोल्टामा पुगेको छ । जे होस्, आम जनताले स्थायी सरकार चाहेको स्पष्ट भएको छ । र स्थायी सरकारले मात्रै जनभावना पूरा गर्ने कुरामा कसैको पनि दुईमत नहोला । तर के अब वाम गठबन्धनसंँगै पार्टी एकीकरणको घोषणापछि पार्टीहरूको आजसम्म अवस्था हेर्दा वास्तवमै सरकारसँगै हुन्छ वा हुँदैन, यसको उत्तर स्वयं दुवै पार्टीका केन्द्रीय सदस्यसम्मले भन्नसकेका छैनन् । उनीहरू स्वयं पार्टी एकीकरणको जानकारी सञ्चार माध्यमबाट मात्र पाएको बताइरहेका छन् । यसको अर्थ के पार्टी अध्यक्षमात्र मिल्दा पार्टी एकीकरण हुने हो ? के पार्टी एकीकरणको प्रक्रियाबारे आम जनतालाई जानकारी गराउनु पर्दैन ? अब त देशमा रहेका आम जनताका एउटा तप्का अहिले पनि ओली हुन् या प्रचण्ड, देउवा हुन् वा रामचन्द्र, जोसुकै प्रधानमन्त्रीको कुर्सीमा बसुन्, उनीहरूको अपेक्षा भनेको मात्र स्थायी सरकार होस् भन्ने हो । जसले देशमा रोजगारीको सिर्जना गरोस् । आउने दिनमा राजनीतिक अस्थिरता नहोस् ।


– रामकृष्ण बराल

जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?