कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि अवहेलना मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ९ गते प्रकाशित ‘कान्तिपुर विरुद्ध अवहेलना मुद्दा’ समाचार पढिसकेपछि यस्तो लाग्यो कि हाम्रो देशमा न्यायपालिकाका प्रमुख आफूलाई देशकै कार्यकारी प्रमुख हुँ, मैले गरेको काम सबैले ठिक मान्नुपर्छ भन्ने अधिनायकवादी घमन्डका साथ किर्ते काम गरी हिँडिरहेका छन् र उनको आशयचाहिँ जनताले उनीमाथि केही नबोलुन् भन्ने छ ।

कान्तिपुर दैनिकले प्रमाणसहित जुटाएको प्रकाशित सबै सत्य समाचारले कसरी जनमानसमा भ्रम सिर्जना गराउँछ र श्रीमान ? यो सत्य त जगजाहेरै छ । गोपाल पराजुली नामधारी एउटा नागरिकले प्रधानन्यायाधीश हुँ भन्दैमा राज्यलाई ढाँट्ने, छलकपट गर्ने, नागरिकता किर्ते गर्नेगरी छुट पाउँछन् र श्रीमान ? यसले त झन् सम्माननीय अदालतप्रति नै गलत नजिर पैदा गर्छ । त्यसैले यस्तो अवस्थामा आम नागरिकले पाउने सजाय उनलाई पनि लागू हुनुपर्छ ।

– युवराज अधिकारी

भरतपुर महानगरपालिका–१०, चितवन

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?