कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सामूहिक बलात्कार अनि हत्या

एउटी अबोध बालिका, उमेर ७ वर्ष, सामूहिक बलात्कार अनि हत्या † यो कुनै कलियुगको कथा होइन, हो यो छिमेकी देश भारतको कठुवामा एउटी अबोध बालिकामाथि भएको अमानवीय र पाशविक घटना । यतिसम्म गिरेर गरेको अमानवीय घटनालाई जति शब्दले निन्दा गर्दा पनि कमी हुन्छ । दक्षिण एसिया त्यो पनि छिमेकी राष्ट्र भारतमा यस्तो घटना हुनुले हर नेपालीको मन आहत भएको छ । यद्यपि भारतीय शासक वर्ग बेला–बेलामा जनताका सुरक्षाबारे धेरै कुरा बोल्ने गर्छन्, तर यस्ता घटना भारतमा सामान्य हुने गर्छन् । उदाहरणका लागि दिल्लीजस्तो सहरमा दिनदहाडै सार्वजनिक बसमा यात्रा गर्दैगर्दा महिला बलात्कृत हुनुपरेको घटनाले पनि त्यहाँं मानवता हराएको आभास हुन्छ । तथाकथित बाबा रामरहिमको कालो कर्तुत अर्को उदाहरण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘बेटी बचाओ’ र ‘स्वच्छ भारत’ अभियानको विपरीत ‘बेटी लुटाओ’ र ‘दुर्गन्धित भारत’ प्रमाणित भएको छ । यस्ता घटनाले विश्वमा भारतको छवि बदनाम भएको छ । खुला सिमानाले गर्दा त्यस्ता घटना नेपालमा पनि नदोहोरिएलान् भन्न सकिन्न । यस्ता घटना नदोहोरिन समयमै सचेत हुन जरुरी छ । सुरक्षाको जिम्मा लिएका सम्बन्धित प्रहरी प्रशासनले नागरिकको सुरक्षामाथि सूक्ष्म नजर राखी शान्ति सुरक्षा बनाइराख्न आह्वान गर्छु । यद्यपि नेपालीले यस्तो क्रूर र पाशविक काम गर्दैनन्, किनकि यहाँं मानवता बहाल छ । अमानवीय र पाशविक कार्यको घोर निन्दा गर्दै सबैलाई सचेत रहन आग्रह गर्छु ।– भुवनसिंह पाण्डेबूढानीलकण्ठ–८, हात्तीगौंडा, काठमाडौं ।

एउटी अबोध बालिका, उमेर ७ वर्ष, सामूहिक बलात्कार अनि हत्या † यो कुनै कलियुगको कथा होइन, हो यो छिमेकी देश भारतको कठुवामा एउटी अबोध बालिकामाथि भएको अमानवीय र पाशविक घटना । यतिसम्म गिरेर गरेको अमानवीय घटनालाई जति शब्दले निन्दा गर्दा पनि कमी हुन्छ । दक्षिण एसिया त्यो पनि छिमेकी राष्ट्र भारतमा यस्तो घटना हुनुले हर नेपालीको मन आहत भएको छ । यद्यपि भारतीय शासक वर्ग बेला–बेलामा जनताका सुरक्षाबारे धेरै कुरा बोल्ने गर्छन्, तर यस्ता घटना भारतमा सामान्य हुने गर्छन् । उदाहरणका लागि दिल्लीजस्तो सहरमा दिनदहाडै सार्वजनिक बसमा यात्रा गर्दैगर्दा महिला बलात्कृत हुनुपरेको घटनाले पनि त्यहाँं मानवता हराएको आभास हुन्छ । तथाकथित बाबा रामरहिमको कालो कर्तुत अर्को उदाहरण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘बेटी बचाओ’ र ‘स्वच्छ भारत’ अभियानको विपरीत ‘बेटी लुटाओ’ र ‘दुर्गन्धित भारत’ प्रमाणित भएको छ । यस्ता घटनाले विश्वमा भारतको छवि बदनाम भएको छ । खुला सिमानाले गर्दा त्यस्ता घटना नेपालमा पनि नदोहोरिएलान् भन्न सकिन्न । यस्ता घटना नदोहोरिन समयमै सचेत हुन जरुरी छ । सुरक्षाको जिम्मा लिएका सम्बन्धित प्रहरी प्रशासनले नागरिकको सुरक्षामाथि सूक्ष्म नजर राखी शान्ति सुरक्षा बनाइराख्न आह्वान गर्छु । यद्यपि नेपालीले यस्तो क्रूर र पाशविक काम गर्दैनन्, किनकि यहाँं मानवता बहाल छ । अमानवीय र पाशविक कार्यको घोर निन्दा गर्दै सबैलाई सचेत रहन आग्रह गर्छु ।
– भुवनसिंह पाण्डे
बूढानीलकण्ठ–८, हात्तीगौंडा, काठमाडौं

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?