कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्स सञ्चालनमा बेथिति

काठमाडौँ — वीरगन्ज उपक्षेत्रीय अस्पतालको एम्बुलेन्स थन्किएको समाचार आएको छ । काठमाडौं उपत्यकालगायत मोफसल धेरैतिर यस्तै हविगत छ । अस्पतालका निर्देशक, प्रशासकले गाडी फेरीफेरी चढ्छन् तर साधारण बिरामी बोक्ने वा उपचारपछि घर फर्कनेका लागि साधन सञ्चालन गरेको कहीँ पढिएन ।

एम्बुलेन्स सञ्चालनमा बेथिति

बरु तिनै वा उपल्ला अधिकारीले आफूले प्रयोग गर्ने गाडी बिग्रे एम्बुलेन्सलाई कार्यालय आउन–जान वा अन्य काममा प्रयोग गर्न लाज मान्दैनन् । अस्पतालका ढोकामा ताँती लगाएर बस्ने ट्याक्सी तथा निजी सवारीसाधनमा मनलाग्दी भाडा तिरेर बिरामीले मात्र होइन, मरेकाको लास लानसम्म सकस भोग्नुपर्छ । एम्बुलेन्स सञ्चालन सम्बन्धी अलग्गै कानुन वा सुविधासहितको व्यवस्था, निर्देशिका छ । सरकारी, निजी तथा अनेक संघ–संस्थाले आ–आफ्नै हिसाबले चलाएका छन् । खरिद गर्दा विशेष कर छुट मिल्छ । दाताले दिएकाको कुरै भएन । हुनेसम्म चलाउने, नभएपछि वा आन्तरिक स्रोत साधन कमजोर भएपछि थन्काउने π
फेरि हाम्रा एम्बुलेन्सको कुनै वर्ग छैन । जस्तो दुर्गम वा कच्ची कडकमा कस्तो खालको एम्बुलेन्स हुनुपर्ने मापदण्ड छैन । यसरी चलाउनेलाई राम्रो तालिम वा पूर्वसजकता हुने कुनै कार्यक्रम छैन । बरु बेलाबेला उही प्रहरी प्रशासनमा रक्सी ओसारपसार गरेको, रक्तचन्दन बोकेको तथा अवैध सामान बाकेको उजुरी वा सुराकीका आधारमा ‘जाँच’ हुने हो । कतिपय ठाउँमा विवाहका लागि जन्ती बोकेका वा व्यक्तिगत कामकाजमा समेत प्रयोग भएका समाचार आउँछन् । जिल्लातहसम्म यसको अनुगमनको एकाइ भएर आधारभूत नियम पालना भएको पाइँदैन । त्यसबाहेक बर्सेनि भारतको स्वतन्त्रता दिवसको दिन भारतीय दूतावासको सहयोगमा दर्जनौं एम्बुलेन्स सहयोग दिएका समाचार आउँछ । ती पनि आवश्यकताभन्दा पहुँच र प्रभावका भरमा वितरण भएका सुनिन्छ ।


बीउ पुँजी दिँदासमेत आफ्नै औषधि पसल ‘फार्मेसी’ सञ्चालन गर्न नसकेका समाचार आउँछन् । एउटा सामान्य मेडिकल पसलमा साधारण एक्सरे, ल्याब र औषधिसहित सेवा हुन्छ । तर, सरकारको लाखौं–करोडौं बजेट पुग्ने, जाने क्षेत्रीय, उपक्षेत्रीय तथा जिल्ला अस्पतालसम्मले न गतिलो सेवा दिएका हुन्छन्, न ‘रिफर’ भएका बिरामीलाई बाहिर पठाउन गतिलो एम्बुलेन्स सेवा सञ्चालन गर्न सकेका हुन्छन् । दाताले दिएका वा सरकारले दिएका एम्बुलेन्स सामान्य मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्थामा पनि धेरै ठाउँमा त्यसै थन्किएर बसेका हुन्छन् । अरूले नगरे पनि सरकारको स्वामित्व भएको राष्ट्रिय बिमा संस्थानलाई एकमुष्ठ ‘प्रिमियम’ तिरिदिएर विशेष खालको भुत्तानी हुने व्यवस्था गरिदिए यसरी अलपत्र पर्ने थिएन । एम्बुलेन्स सेवा दिएबापत आउने आम्दानीलाई त्यही सेवाको प्रयोगार्थ जम्मा हुने गरी कोष खडा गर्ने र त्यसले नपुग हँुदा अन्य शीर्षकबाट लिएर, सहयोग जुटाएर पनि यस्ता अत्यावश्यक सेवा दिन सकिन्छ ।
– श्रीकृष्ण राजवंशी
सुनकोसी–३, सिन्धुली

प्रकाशित : वैशाख १०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?