कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेश भाग्दैमा उन्मुक्ति ?

काठमाडौँ — अपराध गरेर देशको सीमाबाहिर भागेको अवस्थामा पनि इन्टरपोलको समन्वयमा सम्बन्धित देशको सरकारसँग तालमेल गरेर अभियुक्तलाई देशमा ल्याएर सजाय भोग्न लगाउने कानुन बन्यो भन्ने समाचार आएको थियो । अदालतले दोषी भनेर सजाय सुनाएका र प्रहरीले खोजी गरिरहेको भनेका केही अपराधी अमेरिकामा बसिरहेका छन् । उनीहरूलाई अब हामीलाई कसले के गर्न सक्छ भन्ने ठूलो अहम् छ ।

विदेश भाग्दैमा उन्मुक्ति ?

उनीहरू अमेरिका आउँदा प्रहरीले कसरी आचरण प्रमाणपत्र दियो ? अर्को, उनीहरू विमानस्थलबाट कसरी बाहिरिए ? एक पटक देशबाट भागेपछि जस्तोसुकै अपराधकर्मबाट पनि मुक्ति पाइने हो भने अपराध गर्ने र भाग्नेहरूको संख्या वृद्धि हुन सक्छ । त्यसैले विदेश पलायन भएका यस्ता अपराधीलाई कसरी देशमा ल्याएर सजाय भुक्तान गराउने र पीडित पक्षलाई न्याय दिने भन्ने विषयमा सरकारको के नीति छ ?
– नवीन रायमाझी
हाल : अमेरिका

प्रकाशित : वैशाख १०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?