कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारसँग मन्त्रीको आशक्ति

काठमाडौँ — समयमा काम नगर्ने र लापरबाहीपूर्वक काम गर्ने सडकका ठेकेदारहरूलाई गृहमन्त्री रामबहादुर थापाले कारबाही थालेपछि ठेकेदारहरूबाट पनि काम अघि बढाउन थालिएको छ ।

ठेकेदारसँग मन्त्रीको आशक्ति

यस कार्यको जनमानसबाट सराहना भएको छ । यही बेला विकास, निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठले ठेकेदारको बचाउ गर्दै उनीहरूलाई कारबाही गर्न नदिने भनी घोषणा गरेका छन् । यसबाट मन्त्रीहरूबीच टकरावमात्र होइन, पुन: ठेकेदारहरूले गुणस्तरहीन र समयमा काम नगरी विकासलाई अवरुद्ध पार्ने कार्य यथावत राख्नेछन् । सबै ठेकेदार खराब हुँदैनन्, तर ठेक्कापट्टामा भएको सिन्डिकेटले गर्दा केही सीमित ठेकेदारले मात्र प्राय: ठेक्का लिएर अरूलाई कमिसन दिएर काम गराउँंछन् । उनीहरूको सेटिङ सम्बन्धित मन्त्रालयसम्म भएपछि उनीहरूलाई कारबाहीको भय रहंँदैन । सबै कर्मचारी खराब हुँदैनन् र सबै कर्मचारी इमानदार पनि हुँदैनन् । त्यही भएर केही भ्रष्ट कर्मचारीले ठेकेदार या निर्माण व्यवसायीबाट कमिसन लिएर कामको निगरानीसमेत नगरी आफू चुप लागेर थाहा नपाए जस्तोगरी बस्छन् । यही समूहले मन्त्रीलाई समेत गुमराहमा राखी या केही लोभलालचमा पारी ठेकेदारको बचाउ गर्न प्रोत्साहन गर्छन् । अहिले मन्त्री महासेठले केही खराब कर्मचारी र ठेकेदारहरूको चंगुलमा पँmसेर जनताको भावना विपरीत कुरा बोल्दैछन् । मन्त्री बेलैमा सतर्क नभएमा यसले पुरा सरकारको बदनाम गराउनेछ ।
– पूर्ण ओली
चावहिल, काठमाडौं

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?