कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खैँजडी भजनको संरक्षण

काठमाडौँ — कुनै पनि देशको धार्मिक तथा लोकसंस्कृतिको पहिलो पहिचान हुन्छ । जस्तोसुकै आधुनिकता भित्रिए पनि आफ्नो पहिचानलाई संरक्षण गरिराख्नु राज्यको कर्तव्य हो । तर यतिखेर लोकसंस्कृतिलाई आधुनिक परम्पराले ओझेलमा पार्दैछ ।

खैँजडी भजनको संरक्षण

खैँजडी भजनमा गाउने शब्दले रामायण वाचन होस् वा महाभारतका कथा हुन् वा कुनै पनि पुराण हुन्, कथालाई गीतको भाखामा प्रस्तुत गरी गाउने लोकसंस्कृति यतिखेर संरक्षणको पर्खाइमा रहेको छ । पशुपतिनाथमा समेत गाउने खैँजडी भजनलाई निरुत्साहित गरी आधुनिक बोलका गीतहरूले मात्र बजार पिटेको छ । त्यसकारण राज्यले यस्ता लोकभजनहरूको अस्तित्व जोगाउन मठ, मन्दिरमा गाउन प्राथमिकता दिनुका साथै हामीले पनि पूजापाठ तथा शुभकार्यमा लोकभजनलाई गाउन प्रेरित गर्नु नै लोकभजन ओझेल हुनबाट जोगाउनु हो ।
– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?