कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषा सम्पादनमा ध्यान जाओस्

काठमाडौँ — नेपालमा सर्वाधिक बिक्री हुने कान्तिपुर दैनिकको भाषा सम्पादनमा गम्भीर त्रुटि देखिँदै जानु निश्चय नै चिन्ताको विषय हो । उदाहरणका लागि २०७५ असार ४ गते पृष्ठ ५ मा हेमन्त श्रेष्ठद्वारा लिइएको तस्बिरको क्याप्सन समाचारमा अनेकौं भाषिक त्रुटि देखिएका छन् । चाँगुनारायण हुनुपर्नेमा चाँग नारायण भएको छ ।

भाषा सम्पादनमा ध्यान जाओस्

विपरीत बनाइएका घरहरू हुनुपर्नेमा विपरित बनाइएको घरहरू भएको छ । विश्वसम्पदा सूचीमा उल्लेख हुनुपर्नेमा विश्व सम्पदा सूचिमा भएको छ । अधिकांश नभएर अधिकाशं भएको छ । विपरीत हुनुपर्नेमा विपरित भएको छ । त्यसैगरी पाइएको हुनुपर्नेमा पाईएको भएको छ ।


कक्षाकोठामा सिकाइको शुद्धाशुद्धीभन्दा नाम चलेका राष्ट्रिय पत्रपत्रिकामा उल्लेख गरिएका त्रुटिपूर्ण वर्णविन्यासले विद्यार्थीको मस्तिष्कमा दीर्घकालीन प्रभाव पारिरहेका हुन्छन् । त्यसैले दैनिक पत्रिका त हो, जसो लेखे पनि हुन्छ भनी बेवास्ता गर्दै गएका खण्डमा सधैंजसो हेरिने पत्रिकाहरूको त्रुटिपूर्ण भाषाले विद्यार्थी र आम जनमानसमा गम्भीर असर पार्ने कुरालाई दृष्टिगत गरी भाषा सम्पादनमा विशेष ध्यान दिनुहुन सम्पादक मण्डलसमक्ष हार्दिक अनुरोध गर्छु ।
– डा. मतिप्रसाद ढकाल
सहप्राध्यापक नेसंवि कालिका विद्यापीठ, नवलपरासी

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?