कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधको लत

काठमाडौँ — लागूऔषध नेपाली समाजमा ठूलो समस्या बनेको छ । खराब संगतले सजिलै लागूऔषधमा फँसे पनि त्यसको लतबाट उम्कन असम्भवप्राय: छ । यसको लत हटे पनि पुन: त्यसैमा फर्कने सम्भावना बढी हुन्छ ।

लागूऔषधको लत

लागूऔषधको लत छुटाउने एक प्रभावकारी उपाय सुधार केन्द्रमा राख्नु हो । तीन–चार महिना सुधार केन्द्रमा बसेर फर्केका पनि आधाजसो पुन: दुव्र्यसनमै फर्कने गरेको देखिन्छ । अभिभावकले आफ्नो सन्तानको दिनचर्या ख्याल नगर्दा अधिकांश किशोर–किशोरी लागूऔषधको लतमा पँmसिरहेका छन् । लागूऔषधको लत यति खराब हुन्छ कि त्यसमा फँसेको मानिस डोज प्राप्तिका लागि जे पनि गर्न तयार हुन्छ । लागूऔषध समस्याको समाधानका लागि व्यक्ति, परिवार, समाज, राज्य सबै जुट्नुपर्छ । अभिभावकले आफ्नो सन्तानको हरेक क्रियाकलाप निगरानी राख्ने हो भने लागूऔषध दुव्र्यसन धेरै हदसम्म नियन्त्रण हुन्छ ।
– बद्री सिवाकोटी
सुनखानी, दोलखा

प्रकाशित : श्रावण १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?