कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकाइ उपलब्धिको मापन

कान्तिपुर संवाददाता

काठमाडौँ — १२ कक्षा को नतिजा प्रकाशन भएसँगै विद्यार्थीको स्तर अझै खस्कियो भन्ने टिप्पणी आउन थलेको छ, जुन कुरालाई म ठीक ठान्दिनँ किनभने परीक्षामा राम्रो गर्दैमा विद्यार्थीको सिकाइ उपलब्धि राम्रो अनि नराम्रो गर्दैमा नराम्रो भन्ने हुँदैन ।

सिकाइ उपलब्धिको मापन

परीक्षा भनेकै यस्तै हुन्छ, अपेक्षित नतिजा कमै आउँछ तर महत्त्वपूर्ण कुरा के हो भने विद्यार्थीले सिक्नुपर्ने कुरा सिके कि सिकेनन् ? मानौं, कुनै विद्यार्थीले कुनै विषयमा ए प्लस ल्याएछ अनि अर्कोले डी प्लस । यसको मतलब ए प्लस ल्याउनेलाई सबै आउने, जान्ने अनि डी प्लस ल्याउनेलाई केही नआउने, हरिलट्ठक भन्ने ? यसो पक्कै होइन होला । हामीले विद्यार्थीहरूले कति नम्बर ल्याए भनेर टिप्पणी गर्नुभन्दा पनि उनीहरूको सिकाइ उपलब्धि कति छ भनेर टिप्पणी गर्नु राम्रो होला ।
– नवीन लोप्चन
उत्तरगया गाउँपालिका, रसुवा

प्रकाशित : श्रावण २०, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?