कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूति गराउन चार जिल्ला

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन २८ गते कान्तिपुरमा प्रसूति वेदनाले छट्पटाइरहेकी महिलालाई चार जिल्ला घुमाएर बचाएको समाचार पढेँ । पहाडी जिल्लाका अस्पतालहरूमा विशेषज्ञ डाक्टर छैनन्, नत पर्याप्त उपचार सामग्री ।

प्रसूति गराउन चार जिल्ला

चाहेको बेला भरपर्दो उपचार सेवा पाउन गाह्रो छ । प्रसूति वेदनाले छट्पटाएकी बागलुङकी ती महिलालाई एउटा अस्पतालबाट रेफर गरेर अर्को अस्पतालमा लाँदा पहिरोले समेत रोक्यो । पर्वत अस्पतालकी प्रमुख डा. हेमा छन्त्याल साथ, तत्परता र म्याग्दीको बेनीमा पुर्‍याएर गरिएको अपरेसनले ती महिला शिशु जन्माउन सफल भइन् । डा. छन्त्याल धन्यवादकी पात्र हुन् । यस्तो समस्या अरूले भोग्न नपरोस् भन्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले अस्पतालहरूलाई चुस्त–दुरुस्त राख्न ध्यान दिनुपर्छ । यो जनप्रतिनिधिहरूलाई काम गरेर देखाउने अवसर पनि हो ।
– बलराम थापा
क्षेत्रपाटी, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?