१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सत्तामोहले सिद्धियो विचार

काठमाडौँ — शनिबार कोसेलीमा सरिता तिवारीको ‘प्रलेस : हिङ बाँधेको टालो’ शीर्षकमा प्रकाशित लेख प्रगतिशील साहित्यिक फाँटको आरोह–अवरोह विश्लेषण गरिएको छ । लेखले पछिल्लो समय विसंगतिले घेरिएको संस्थाको धरातल खोतलेको छ ।

सत्तामोहले सिद्धियो विचार

२००९ सालमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस) लामो समयसम्म विचार र दर्शनलाई प्रश्रय दिन सफल भएको थियो । फ्रान्स, रूस, चीन, भारत लगायत देशमा राजनीतिक परिवर्तनसँग जोडिएका क्रान्तिकारी कदम अनुशरण गर्दै नेपालमा पनि समाज सुहाउँदो विचारधारा अघि बढाउन जनक्रान्तिको आलोकमा प्रलेस खडा गरिएको हो । तर २०६२/६३ को जनआन्दोलनपछि प्रलेसको कदम डगमगाउन थाल्यो । राजनीतिक स्वार्थ र हुंकार उत्कर्षमा पुगेसँगै प्रबुद्ध वर्गका विचार, विद्वता, दर्शन, दृष्टिकोण मलिन बन्दै गए । कार्ल माक्र्सको सामाजिक न्याय सम्बन्धी विचार होस् या बीपीको लोकतान्त्रिक समाजवादको सन्दर्भ किन नहोस्, यी सबैलाई लेखकले अहिले उपेक्षा गरेका छन् ।


निष्पक्ष ढंगको लेखकीय मर्यादा बिर्सेर उनीहरू र्‍याल चुहाउँदै नेताको पछि लाग्ने, सिद्धान्तहीन बनेर राजनीतिक भजनमण्डलीमा सामेल हुने गरेको पाइन्छ । यता समाजवादको मुखुन्डो भिरेर मरुभूमिको रगत–पसिनाबाट निमुखाले कमाएको रकमका अलावा गुन्डागर्दी, तस्करी एवं माफियातन्त्रको सेरोफेरोमा रमाउँदै प्रदूषित पुँजीवादलाई आर्थिक क्रान्तिको
भद्दा तर्क दिने गरिएको छ । यसरी निकृष्ट सरकारी शैली हावी हँुदा पनि प्रगतिशील लेखक खोक्रो बन्दै गएका छन् । लेखक र शासक वर्गको कुकृत्यले जरा गाडेपछि समृद्धिको उचाइ गिर्नेछ । थाहै नपाई समाज कोलाहलमय बन्न सक्छ । यस्तो विसंगतिबाट भविष्यमा निर्धा, निमुखाको बिल्लिबाठ हुने अवस्था आउँछ ।
– भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?