कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन कार्यान्वयनमा अन्योल

काठमाडौँ — पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको देवानी आचारसंहिता ऐन सरकारले लागू गरेपश्चात यसको कार्यान्वयनमा भने केही जटिलता पैदा हुने संकेत मिलेको छ । देशको चौथो अंगको रूपमा रहेको प्रेसमाथि अंकुश लगाउने प्रावधान समावेश हुनुले कतै नयाँ ऐनले प्रेसमाथि प्रतिबन्ध त लगाउन खोजेको होइन भनी सबैतिर चासो र चिन्ता बढ्नु नौलो होइन ।

ऐन कार्यान्वयनमा अन्योल

कसैको तस्बिर लिनुपर्दा र कसैका बारेमा समाचार तयार पार्नुपर्दा पूर्वस्वीकृत लिनुपर्ने ऐनको नयाँ प्रावधानले प्रेसलाई पक्कै पनि असजिलो बनाएको छ । किनकि तस्बिर लिन र समाचार तयार गर्न पहिला स्वीकृति लिनथाल्दा र सत्यतथ्यको फोटो सहितको समाचार नै नबन्ने अवस्था भइसक्छ । यसले गर्दा समाजमा विकृति र विसंगति बढ्दै जान्छ । अर्को कुरो गाउँ–गाउँको स्वास्थ्य चौकीमा साधारण स्वास्थ्य सम्बन्धित ज्ञान लिएका अथवा भर्खर नर्स पास गरेकाले स्वास्थ्य चौकी चलाइरहेका हुन्छन् । डाक्टरको स्वीकृतिले मात्र औषधी दिन पाउने नयाँ ऐनमा व्यवस्था गरिएको छ । सबै स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्थापन हुन सकिरहेको छैन । यसले ग्रामीण भेगका बिरामीलाई औषधी वितरण गर्ने कि नगर्ने भन्ने समस्या पनि थपिएको छ । त्यसकारण यो ऐनलाई सफलतापूर्वक कार्यान्वयन गर्न यसमा भएका अस्पष्टतालाई हटाउनु जरुरी छ ।
– तिलप्रसाद न्यौपाने
माछापोखरी चोक, बालाजु, काठमाडौं

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?