कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैवाहिक बलात्कारविरुद्ध कानुन

काठमाडौँ — आइतबार प्रकाशित दुर्गा कार्कीको ‘वैवाहिक बलात्कार गुपचुपै’ लेखले मुलुकी अपराध आचारसंहितामा व्यवस्था भएको वैवाहिक बलात्कार विरुद्धको सजायलाई महिला हिंसाविरुद्ध सकारात्मक कदमका रूपमा लिएको छ ।

वैवाहिक बलात्कारविरुद्ध कानुन

नेपालमा महिला विरुद्ध हुँदै आएका कैयांै जघन्य अपराधमध्ये वैवाहिक बलात्कार प्रमुख देखिन्छ । दाइजो र पुत्र प्राप्तिका आकाङ्क्षी सासू–ससुरा र पतिले बुहारी एवं पत्नीलाई जिउँदै जलाएका घटनामा पनि कतै न कतै वैवाहिक बलात्कार गाँसिएको पाइएको छ ।


बढ्दो सहरीकरण र भूमण्डलीकरणले नेपाली समाजमा खुलापनका नाममा छाडा यौनवादी संस्कृति मौलाउँदै गएको छ, जसले वैवाहिक बलात्कारलाई प्रबद्र्धन गरिरहेको हुनसक्छ । यस सम्बन्धमा सरकार एवं सरोकारवाला सजग भई कानुन बनाउनु सराहनीय छ । तर वैवाहिक बलात्कारजस्तो संवेदनशील अपराधलाई छानबिन गर्ने भरपर्दाे संयन्त्र चाहिन्छ । पत्नीको उजुरीलाई मात्र आधार बनाइयो भने क्षतिपूर्ति वा आर्थिक लाभका लोभमा विकृति ल्याउने सम्भावना रहन्छ ।
– नारायण निरौला
विराटनगर

प्रकाशित : भाद्र ११, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?