कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

राष्ट्रिय पोसाकको सम्मान

काठमाडौँ — गृह मन्त्रालयले भदौ १९ गते राष्ट्रपतिबाट सम्मानित हुने मानपदवी वितरण कार्यक्रममा औपचारिक पोसाकको रूपमा दौरा–सुरुवाल, कोट, टोपी तथा गुन्यु–चोलीलाई अनिवार्य औपचारिक पोसाकको रूपमा लगाउन सम्पूर्ण सम्मानितलाई परिपत्र गर्नु राष्ट्रिय पोसाकप्रतिको सम्मानलाई उजागर गर्नु हो ।

राष्ट्रिय पोसाकको सम्मान

हामी राष्ट्रिय पोसाक संरक्षण अभियन्ताहरू हर्षविभोर भएका छौं । २०६८ सालमा बाबुराम भटराई सरकारले राष्ट्रिय पोसाक हटाई नेपाली पोसाकमा सीमित राखिएको नेपालको ऐतिहासिक इतिहास बोकेको दौरा–सुरुवाल, गुन्यु–चोली गृह मन्त्रालयले सम्मानसाथ औपचारिकतामा राख्नु स्वागतयोग्य कदम हो । दौरा–सुरुवाल, गुन्यु–चोली कुनै जाति, भूभाग र सम्प्रदाय विषयको नभई यो सम्पूर्ण नेपाल र नेपालीको अन्तर्राष्ट्रिय पहिचान बोकेको मौलिक पोसाक हो ।
– राजानन्द माण्डव्य
काठमाडौं

प्रकाशित : भाद्र १९, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?