कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोचमा परिवर्तनको खाँचो

काठमाडौँ — शनिबार, प्रकाशित सरिता तिवारीको ‘तीज खारेजीको प्रश्न’ले धर्म र संस्कृतिको नाममा समाजभित्र मौलाएको धार्मिक अन्धविश्वासको रीतिरिवाज, त्यसभित्र भएको पुंँजीवादको व्यापारिक घुसपैठ र पुंँजीवादकै सिलसिलामा सक्कली वा नक्कली रूपका पुंँजी प्रदर्शनीको सामाजिक मनोवैज्ञानिक स्पर्धाले निम्त्याएको आधुनिक विसंगतिलाई छर्लंग पारेको छ ।

सोचमा परिवर्तनको खाँचो

हिन्दु धार्मिक समाजका महिलाले पालना गर्नुपर्ने जेजति धार्मिक संस्कार, रीतिरिवाजका कर्म छन्, सबै परापूर्वकालदेखि चलिआएका सामन्ती समाजको नियम हो । तीज मनाउन विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरूले राम्रो र असल पति पाउने अपेक्षा गर्दै पानी पनि नखाई निराहार बस्नुपर्ने कठोर व्रत, शिवलिङ्गको पूजा, ऋषिपञ्चमीका दिन गरिने धार्मिक विधि, रीति र संस्कार सामन्ती समाजले लादेको धार्मिक सर्त अर्थात् सजायका अंश हुन् । धर्मले पत्नीको दीर्घायुका लागि निराहार व्रत बस्नुपर्ने व्यवस्था पुरुषमा नराखी किन महिलामा मात्र राख्यो ? पत्नीको दीर्घायुको कामना गर्ने दायित्व के पुरुषमा हुँदैन ? अर्थात् पतिको दीर्घायुको कामना गरेको भनेर देखाउन महिलाले कठोर व्रत नै बस्नुपर्छ ? तीजमा गरिने यी धार्मिक विधि र रीतिले हिन्दु धर्म पुरुषप्रधान छ भन्ने प्रस्ट हुन्छ । सुधारको लागि चेतना र सोचमा नै परिवर्तनको महाकम्पन ल्याउन सक्नुपर्छ ।
– एलबी आले मगर,वीरगन्ज, पर्सा

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?