कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समस्याबाट भाग्ने होइन

काठमाडौँ — प्रधानमन्त्री कार्यालयले सबै मुख्यमन्त्रीलाई निम्तो पठाएर भदौ २४ गते बोलाएको प्रदेश परिषद बैठक तयारी नपुगेको भनी स्थगन गरियो । मुख्यमन्त्रीहरू संलग्न हुने परिषद बैठक तयारी नपुगेको भनी सार्नु दुर्भाग्यपूर्ण हो ।

समस्याबाट भाग्ने होइन

२०७४ चैतमा प्रदेश र संघको अधिकार सम्बन्धी विवादित बुँदामा प्रधानमन्त्रीको आश्वासन पूरा नभएकाले मुख्यमन्त्रीहरूको भदौ २१ र २२ गते पोखरामा भएको भेला र त्यसको निर्णय प्रधानमन्त्रीलाई मन नपर्दा प्रदेश परिषद सारिएको अड्कल गर्न सकिन्छ । समाधान आमने–सामने बसेर हुन्छ, नकि समस्याबाट भागेर । संघीयता लागू भइरहेकै बेला देखिएका विभिन्न समस्याको एकमात्र समाधानको बाटो वार्तालाप र बैठक नै हो । समाधान खोज्न उक्त परिषद एउटा महत्त्वपूर्ण साधन हुनसक्थ्यो ।
– महेन्द्रसिंह बम,टीकापुर–१, कैलाली

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?